प्रदेशसुदूरपश्चिम

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेता सोडारीलाई उम्मेदवार बनाउने

नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।

मुख्यमन्त्रीमा नेता सोडारी

मुख्यमन्त्रीबाट उक्त प्रदेशमा सरकार निर्माणका लागि आह्वान गरिएको छ । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीलगायतको विषयमा छलफल गरिएको पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.