राजनीति

गृहमन्त्री प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा सहभागी

गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी हुनुभएको छ । उहाँले स्वयम्भू पुगेर दिवङ्गत प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

अत्येष्टिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत वरिष्ठ प्रहरी अधिकृत समेत सहभागी हुनुहुन्थ्यो । गत चैत २९ गते काठमाडौँको तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडक खण्डमा ‘ड्यिुटी’ सकेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक लामाको उपचारका क्रममा यही वैशाख १ गते निधन भएको थियो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ निवासी प्रहरी निरीक्षक लामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथअन्तर्गत कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.