खान नपाएर कोही गाउँ जान लागे रोक्नु, जहाँ बसेका छन् त्यही खाद्यान्न पुर्याउनु
लकडाउनपछि दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु देशका विभिन्न भागबाट पैदलै निकै कष्टपूर्ण यात्रा गर्दै आआफ्नो गाउँघर जानेहरुको लर्को लाग्न थालेको छ ।
यस्तो स्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न र कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्याउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
मानिसहरु हप्ता दिनसम्म हिँडेर भए पनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर त्यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले मानिसको आवतजावतमा उदारता देखाउन नहुने बताउँदै यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्याउने व्यवस्था गनै निर्देशन दिनुभएको हो ।
बैठकमा बैठकमा कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्याउने वा यहीँ रोक्ने विकल्प पेश गरेपछि प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिनुभएको हो ।






प्रतिक्रिया राख्नुहोस्