जन सरोकार

आधारातमा सडकमा रुपैयाँ छर्ने कोरोना संक्रमित थिए ?

पैसाबाट पनि कोरोना भाइरस सर्छ भन्ने पुष्टि भैरहेका बेला जनकपुरमा मध्यरातमा दुई महिलाले सडकमा रुपयाँ छरेर फरार भए । प्रशासनले कोरोना संक्रमण गराउने उद्देश्यले नै उनीहरुले रुपैयाँ छरेको आशंकामा ती महिलाको खोजी गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार भएका छन् । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०/४५ वर्षका रहेको उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार राति १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्ररूपले भइरहेको छ ।

बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ ।

प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.