राजनीति

समाजवादी प्रेस सङ्गठनद्वारा प्रेस काउन्सिलको ध्यानाकर्षण

समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग गरेका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनको पनि वर्गीकरण गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसमक्ष पत्रपत्रिका वर्गीकरणलाई न्यायोचित बनाउन र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्न माग ग¥यो ।

उहाँले नतिजा प्रकाशनमा ढिलो हुँदा चालू आर्थिक वर्षका लागि वर्गीकरणको फाराम भर्ने निवेदनको सूचना निकाल्न ढिलाई भएकाले सूचना चाँडै प्रकाशन गर्न काउन्सिलको ध्यानाकर्षण गराउनुभयो ।

सङ्गठनको गत चैत १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकमा पनि वर्गीकरण पक्षपातपूर्ण भएकाले व्यवस्थित गर्न सुझाव दिइएको थियो ।

काउन्सिलका अध्यक्ष बस्नेतले सङ्गठनले लामो अध्ययन र अनुसन्धान गरी उपलब्ध गराएको सुझावले समग्र सञ्चार जगतलाई फाइदा हुने भएकाले वर्गीकरणलाई विवादरहित बनाइने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.