जन सरोकार

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल, बाँदर समस्या बढ्दो

जैविक विविधता संरक्षण तथा दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शुक्रबार पोखरामा ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना(२०२६/२०३०)’ सम्बन्धमा छलफल गरिएको छ ।

बाँदर आतङ्क

वन तथा वातावरण मन्त्रालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधि सहभागी छलफलमा सहभागीले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायको सहभागिता सुदृढ गर्ने लगायतका विषयमा आ आफ्ना धारणा राख्नुभएको थियो ।

पछिल्ला समयमा बाँदरको बढ्दो जोखिम, जलवायुपरिवर्तनको असर न्यूनीकरणसँगै प्राकृतिक स्रोतको संरक्षणसँगै उपयोग हुनुपर्ने कुरामा वक्ताले जोड दिएका थिए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का बीरेन्द्र बस्नेतले यस रणनीति तथा कार्ययोजनाले संरक्षणसँगै उपयोगका विषय र जैविक विविधताको विषय समाजको हरेक पक्षसँग जोडिने उहाँले बताउनुुभयो ।

वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका सचिव मोहनराज काफ्लेले जैविक विविधता समाजका हरेक पक्षसँग जोडिने बताउँदै यसलाई बचाउनुु हामी सबैको साझा कर्तव्य भएको बताउनुुभयो ।

वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुख पूर्णेश्वर सुुवेदीले जैविक विविधता समृद्धिको आधारस्तम्भ भएको बताउँदै यसको संरक्षण र उपयोग आवश्यक हुनेमा जोड दिनुुभयो ।

कार्यक्रममा सामूदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदाश सुवेदी, जिल्ला वन अधिकृत कोमल काफ्ले, उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका कोषाध्यष राजेन्द्र ओझा लगायतले प्राकृतिक साधनस्रोतको संरक्षणसँगै यसको सहज उपयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.