सूचना/प्रविधि

गण्डकीका युवा इञ्जिनियरहरुले बनाए स्वचालित सेनिटाइजर सुरुङ (भिडियोसहित)

गण्डकी प्रदेशका युवा इञ्जिनियरहरुले कोरोना भाइरस संक्रमणबाट बचाउनका लागि स्वचालित वचालित सेनिटाइजर सुरुङ निर्माण गरेका छन् । यो सुरुङ कार्यालयभित्र प्रवेश द्वाराका रुपमा राखिएको छ र यसभित्र प्रवेश गरेपछ हात मात्र हैन पूरै शरीरमा सेनिटाइजर छर्किन्छ ।

कोरोना संक्रमणको सम्भावना रोक्न लक डाउन गरिएको अवस्थामा विशेष गरी जनप्रतिनिधिमूलक निकायहरु संचालनमै रहनुपर्ने भएकाले पोखरा महानगरपालिकाको यान्त्रिक कार्याशालामा सेनिटाइजर सुरुङ निर्माण गरी सफल परीक्षण गरिएको हो ।

नेपाल इञ्जिनियरिङ एसोसिएशन गण्डकी प्रदेश र पोखरा इञ्जिनियरिङ एसोसिएशन र पोखरा महानगरपालिकाका प्राविधिकले निर्माण गरेको यो सुरुङ आठ फिट लामो रहेको र मानिस यहाँ आउँदा स्वचालित रुपमा सेनिटाइजर स्प्रे हुनेछ ।

आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा नेपाल इञ्जिनियरिङ एसोसिएशन गण्डकी प्रदेशका तर्फबाट पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

देशको सूचना प्रविधिमा राज्यले खासै चासो नदिएको अवस्थामा पनि मुलुकको आवश्यकतालाई ध्यानमा राखर नेपाली युवाहरुले संकटमा आफ्नो क्षमता देखाइरहेका छन् । यसरी सुरुङ निर्माणमा सक्रिय युवा इञ्जिनियरहरुमा विकल्प ढुंगाना, वैकुण्ठ अधिकारी, सुलभ तिमिल्सिना, सुरेश तिमिल्सिना, सुनील दाहाल, टेक कटुवाल, विप्लभ पोख्रेल र ध्रुवराज भट्टराई रहनुभएको छ ।

https://www.facebook.com/baburam.bhandari.142/videos/3163194307065413/
 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.