जन सरोकारस्वास्थ्य

१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६८४ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १६३ रहेको छ ।

पछिल्लो समय थप ३६ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ३९९ पुगेको छ । निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय ७२ हजार ७८९ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३४ रहेको छ । अहिले होम आइसोलेसनमा ३२४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १० आइसीयुमा चार र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.