राजनीति

राप्रपा कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्नेछ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले आफ्नो सारा गल्ती तथा कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताउनुभएको छ ।

केही समययता राप्रपा सकियो वा अब सिकन्छ भन्ने किमिसका टिप्पणीहरु आइरहेका बेला अध्यक्ष लिङ्देनले राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ भन्दै गल्ती कमजोरी सच्याएर राप्रपा पुनः उठ्ने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, “राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ । म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन।”

यसबीच राप्रपाप्रवक्ता मोहन कुमार श्रेष्ठले आफ्नो पार्टीबारे भ्रम फैलाइएको बताउनुभएको छ । श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “राप्रपाबारे एउटा भ्रम फैलाइएको छ, गलत भाष्य बनाइएको छ– अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन टारिरहनु भएको छ, महाधिवेशन गर्ने पक्षमा हुनुहुन्न । यो सरासर गलत कुरा हो ।”

अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्नका लागि त्यसको प्रक्रियाम प्रवेश गरिसकेको बताउँदै श्रेष्ठले महाधिवेशनका लागि न्युनतम शर्त अन्तर्गत जिल्लाहरुको अधिवेशन सम्पन्न हुनुपर्ने उल्लेख गर्दै झापाको जिल्ला अधिवेशन धेरैअघि सम्पन्न भइसकेको स्मरण गराउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.