जल/वातावरण

यूएनएफपीएद्वारा तीन करोड रुपैयाँ बराबरका पिपिइ किट हस्तान्तरण

संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासमा सहयोग पुर्याउने प्रतिवद्धता अनुरुप एकहजार २०० वटा (पिपिइ) हस्तान्तरण गरेको छ ।

नेपाल, चीन र यूएनएफपीए बीच दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरिएको हो । तीन करोड ४ लाख ८० हजार मूल्य बराबरको ती पिपिइ किटमा सर्जिकल मास्क, एन– १९ मास्क, फेस सिल्ड, आइगगल्स्, हेड एण्ड शुकभर्स, लङ्ग स्लिभ् इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एण्ड गम्बुट्स रहेका यूएनएफपिएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले “प्राप्त किट सही र ठीक सयममा आइपुगेको छ । यसले कोभिड–१९ को सङ्क्रमणको प्रतिकार्यमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने छ । ” कोरोना रोकथाम र नियन्त्रण गर्न महत्वपूर्ण ती सामग्री सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई विशेष धन्यवाद उहाँले दिनुभयो ।

“नेपालमा कोभिड–१९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रमोर्जामा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण छ । यस समयमा उनीहरुको कार्यस्थलको वातावरणका साथै स्वास्थ्य र मनोसामाजिक सम्बन्धी आवश्यकताहरुमा ध्यान दिनु पर्दछ ।” नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि सुश्री लुब्ना बाकीले भन्नुभयो । “नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर कोरोना महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार छ ।” विज्ञप्तिमा भनिएको छ ।

यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवन बचाउन अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पिपिइकिट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको दौरान क्वारेन्टाइनका महिला र किशोरीहरूको तत्काल सरसफाइ र संरक्षण आवश्यकताहरू सम्बन्धी मर्यादा किट ९ डिग्निटी किट्स० सरकार र स्थानीय सङ्घ सस्थाको समन्वयमा यूएनएफपीएले प्रदान गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

ती किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग योग्य मासिक प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् । “अरु बेलाका सङ्कटको समयमा जस्तै यस महामारीमा महिला तथा किशोरीहरु नजिकका आफन्त तथा घनिष्ट व्यक्तिहरुबाट हिंसामा पर्ने तथा अन्य घरेलु हिंसाको वढी जोखिममा हुन्छन् । यसैले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र , सुरक्षित आवास र हेल्पलाइनबाट लैङ्गिक हिंसा पीडितलाई जीवन रक्षाका लागि आवश्यक सहयोग र हेरचाहलाई थप सुदृढ बनाउनुपर्छ । ”युएनएफपीए प्रतिनिधिले बाकीले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.