जापान

आर्थिक राहत प्याकेजमा ८० अर्ब डलरको वृद्धि- आउँदो हप्ताबाट नगद वितरण हुने

जापान सरकारले कोरोना संक्रमणका कारण देशभर लागू गरेको संकटकालबाट नागरिकलाई पर्ने आर्थिक क्षतिलाई राहत दिन घोषणा गरेको राहत व्याकेजमा ८० अर्ब डलर भन्दा बढी रकम थप गरेको छ । त्यस्तै सरकारले जापानमा रहेका हरेक व्यक्तिलाई एक लाख येन दिने निर्णय गरेको छ ।

यसअघि प्रति सरकारले कोरोना भाइरस संक्रमणको महामारीका कारण आउने आर्थिक मन्दीबाट प्रभावित परिवारको छनोट गरी प्रति परिवार तीन लाख येन दिने योजना बनाएकोमा अब त्यसको समीक्षा गर्दै प्रतिव्यक्ति एक लाख येन आर्थिक सहायता दिने सरकारको योजना बनाएको छ । एनएचकेको समाचार अनुसार सरकारले आउँदो हप्ताबाट नगद वितरण सुरु गर्ने आशा गरेको छ ।

यसका लागि आर्थिक सहायताका लागि लगभग ११ अर्ब डलरका आपतकाली आर्थिक राहत प्याकेजका लागि सरकारले नयाँ आर्थिक वर्षका लागि करीब २ खर्ब ३० अर्ब डलरभन्दा बढीको पूरक बजेट प्रस्तुत गर्नेछ ।

जापान सरकारद्वारा मन्त्रिपरिषदबाट स्वीकृत बजेटमा ठूलो हेरफेर गर्नु अत्यन्त दुर्लभ मानिन्छ । तसर्थ जापान सरकारले बजेटमा गरेको परिवर्तनपछि हुने आर्थिक बोझ पूरा गर्न ऋणपत्र जारी गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.