जन सरोकार

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा छ ।

स्थानीयवासीले ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुुुर, सिङ जस्ता आकृतिहरु अवलोकन गर्न सकिने गुुफा ओझलमा परेको छ ।

“गुुफाभित्र भेटिने मूर्तिकारले पहाडमा चट्टान कुुँदेर बनएका विचित्रका दृश्यहरु देख्दा अनौठो लाग्छ,” उहाँले भन्नुभयो “स्थानीय स्तरमा सीमित यो गुुफाको धार्मिक, ऐतिहासिक महत्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूूर्वाधार निर्माण र प्रवद्र्धन गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पाउद्वारवासी जुुटेका छौँ ।”

गणेश, शिवलगायत हिन्दू धर्मावलम्बीहरुका देवीदेवताहरुको आकृतिहरु पनि भेटिन्छ । तपतप गरेर पानी चुुहिरहने गुुफा करिब १० मिटर लामो भएको स्थानीयको भनाइ छ । गुुफाभित्र अँध्यारो भएकाले बत्ती अथवा ‘लाइट’ बाल्नुुपर्छ ।

टेक्ने भुुइँ चिप्लो र होचो भएको हुँदा अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । घोप्टो परेर हिँड्नुुपर्छ । स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरु हालसम्म यस गुुुफा अवलोकन गर्न नआएका पुनले बताउनुभयो ।

पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र पैदलयात्रा २० मिनेट हिँडेपछि झारवाङको छेउमा रहेको गुुफामा पुगिन्छ । यसअघि गुुफासम्म पुग्ने पदमार्ग थिए । निगालोको झ्याङ समाएर गुुफासम्म पुुग्नुुुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङखोलामा पुल थिएन ।

पाउद्वारकी पुुर्जा रोकाले आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुुफामा जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिनुभएको छ । पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन् । झारवाङदेखि गुुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ‘ट्रस’ पुल निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुुनले उक्त गुुफाभित्रको आकृतिहरु देखेर अनौठो महसुुस भएको बताउनुभयो ।

गुफाको विषयमा विस्तृत अध्ययन–अनुुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरुको खोजी थालिएको उहाँले बताउनुभयो । त्यहाँका बासिन्दाको केही दिनअघि मात्रै उक्त गुुफालाई ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेका हुुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.