जल/वातावरण

उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण

१३ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

त्यहीँ मध्ये मंगलबार एकजनामा कोरोना संक्रमण देखिएको हो । उनी ३३ वर्षका पुरुष हुन् । उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.