एनआरएनए नागोयाले निःशुल्क खाना खुवाउने
कविकिरण न्यौपाने, नागोया
कोरोना भाइरस संक्रमणको महामारीमा फसेकोको जापानमा गैरआवासीय नेपाली संघ, जापान नायोगाले निःशुल्क खाना खुवाउने व्यवस्था गरेको छ । जापानको नागोयामा टोकियोपछि धेरै नेपालीहरु वस्दै आएका छन् ।
नागोयामा कोराना भाइसरको कारण कोही भोक्कै बस्न नपरोस् भन्ने उद्देश्यले एनआरएनएका उपसंयोजक दीपक कार्की र एनआरएनए नागोयाका संयोजक श्याम शितलको पहलमा निशुल्क खाना खुवाउने व्यवस्था गरिएको हो ।
उक्त व्यवस्था नागोयास्थित जींड्गुमाय स्टेशन नजिकै रहेको जींड्गुमाय भान्सा घर र तोयोकावामा रहेको पोखरा रेष्टुरेन्टमा गरिएको छ । सो को सम्पूर्ण व्यवस्था दीपक कार्की र श्याम शितलले गर्नुभएको हो ।
त्यस्तै कोराना भाइरसका कारण खान वस्न समेत कठिनाई भएपछि टोयोटा बस्ने पर्वत कुश्मा नगरपालिका १० स्थायी घर भएका एक परिवारलाई एनआरएनए जापानका उपसंयोजक दीपक कार्कीले आर्थिक एवं खाद्यान्य सहयोग प्रदान गर्नुभएको छ । नेपाल फर्कने तयारीमा रहेका उनीहरु कोरोना भाइरसका कारण जापानमानै रोकिएको वताइएको छ ।
त्यसैगरी सोमवार तोकावासी वस्दै आएका ३५ वर्षीय राजु गुरुङ सुतिरहेको अवस्थामा रतै वान्ता गरी अचेत भएपछि अस्पताल पुर्याइएको कार्कीले बताउनुभएको छ । एक वर्ष अगाडी जापान आएका कार्की ग्याम्बामा काम गर्दै आएको र अवैध रुपमा बसिरहेको पाइएको छ । भिसा समेत नभएका कारण स्वास्थ्य बिमा नहुँदा उनको उपचारमा समस्या आएको र आफुहरुले सहयोग गरिरहेको कार्कीले जानकारी दिनुभएको छ ।
नागोयामा नै कोरोना भाइसरका कारण एक दर्जन नेपाली संक्रमित भएको हल्ला फैलिएपछि नेपालीहरु आतंकित भएका छन् । नागोया मेत्यचो साको स्टेशन नजिक रहेको कम्पनीमा गत १७ तारिक कार्यरत एक जापानीलाई कोरोना संक्रमण देखिए पश्चात त्यहाँ कार्यरत नेपालीहरुमा पनि कोरोना संक्रमणको आशंका गरिएको थियो । तर उनी बाहेक अरुलाई संक्रमण नभएको पाइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्