जल/वातावरण

नेपालमा कोराना संक्रमित ४५, बुधबार थपिए तीन संक्रमित, दुईजना निको भएर फर्किए

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको थप तीनजनामा कारोना संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना (११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो ।

संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएकोमा उनीहरुमा पनि संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

यसै गरी बुधबार थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.