राजनीति

राष्ट्रिय सुरक्षामा आँच आउने काम कसैले नगर्न प्रधानसेनापतिको निर्देशन

प्रधानसेनापति पूर्णचन्द्र थापाले गरिमामय सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो “राष्ट्रिय सुरक्षामा आँच आउने काम कहीँकतैबाट हुनुहुँदैन” ।

नेपाली सेनाका सकल दर्जालाई मानवीय मूल्य, मान्यताप्रति संवेदनशील रहेर उनीहरुलाई नैतिकवान् एवं सत्चरित्रवान् बनाउन अभिप्रेरित गर्ने उद्देश्यले आयोजित साताव्यापी सैनिक आचरणसम्बन्धी कार्यक्रमको बिहिबार समापन गर्दै उहाँले आचरणमा नबस्दा नेपाली सेना कमजोर हुने र यसले व्यक्तिगत, समूहगत वा छद्मभेषी तत्वलाई मात्र फाइदा पुग्ने बताउनुभयो ।

सैनिक आचारसंहिता कार्यान्वयनमा आएको र यसलाई दण्ड सजाय व्यवस्थाका रूपमा नलिई सङ्गठनमा सकारात्मक संस्कृतिको थालनी मान्न उहाँले आग्रह गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.