राजनीति

जनतामाझ जाने अवसरलाई सदुपयोग गरौँ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।

महामन्त्री थापा

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले भन्नुभयो, “अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छ ।”

“लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा विसं २०४८ को निर्वाचनमा जसरी उत्साह बढेको थियो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ । उहाँले भन्नुभयो, “लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकाले आमजनताको भरोसा कांग्रेसप्रति नै रहेको छ ।”

“प्रदेश सरकार बनाउँदै गर्दा आम कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएका छन्”, उहाँले भन्नुभयो, “आमकार्यकर्तामाझ पुगेर कांग्रेसले उनीहरूका समस्या बुझ्नुपर्छ ।” बैंकले ब्याज वृद्धि गर्दा नेपाली पीडित बनेको र ऋण तिर्नसक्ने अवस्थामा नरहेको जस्ता समस्या पनि पछिल्लो समय देखिएको उहाँको भनाइ छ ।

“कांग्रेस सरकारमा भएकाबेला पार्टी विस्तार र आफूले गरेको कामको प्रचार गर्ने अवसर पनि यही हो”, महामन्त्री थापाले भन्नुभयो । पार्टीभित्र पनि नयाँपुस्तालाई अवसर दिएर पार्टीलाई अगाडि बढाउन जरुरी भएको भनाइ उहाँको छ ।

पार्टीका सबै भ्रातृ सङ्गठनको निर्वाचन सम्पन्न गरी सङ्गठनलाई छिट्टै पूर्णता दिँदै कांग्रेस सक्रियरूपमा आफ्नो सङ्गठन विस्तार गर्न नगरदेखि गाउँका वडासम्म पुग्ने तयारीमा जुटेको भनाइ थापाको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रप्रति विश्वास राख्ने पार्र्टी कांग्रेस मात्र भएकाले कांगे्रसको भविष्य लामो समयसम्म रहेकाले हामी सबै जनताका पीरमर्का बुझेर अगाडि बढ्न जरुरी भएको बताउनुभयो । “भोलिका पुस्ताका लागि कांग्रेसले सोच्न जरुरी छ”, शर्माले भन्न्ुभयो, “युवाको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.