नागासाकीमा इटालीयन पानीजहाजका ३३ जनामा कोरोना संक्रमण
पश्चिम जापानको नागासाकी प्रान्तमा राखिएको एक इटालीयन क्रुज जहाजका ३३ जनामा कोरोनाा भाइरस संक्रमणको पुष्टि भएको छ । अधिकारीहरुका अनुार कोस्टा एटलान्टिक नामक सो क्रुज यतिबेला मर्मतका लागि नागासाकी बन्दरगाहमा थियो ।
मित्सुबिसी हेभी इक्युमेन्ट उद्योगमा मर्मतका लागि राखिएको थियो । सो जहाजमा ५ सय २३ चालक दलका सदस्य मात्र रहेको र अन्य कोही यात्रु नभएको बताइएको छ । सो जहाजका चाकलदलका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्यको परीक्षण गरिएको थियो ।
स्वास्थ्य अधिकारीका अनुसार एकजनामा संक्रमण पाइएपछि अन्य ५७ जनाको परीक्षण गरिएको थियो, परीक्षण गरिएकामा क्रुजका कुकहरु पनि रहेका छन् जो संक्रमितहरुसंग सम्पर्कमा आएको आशंका गरिएको छ । परीक्षण पश्चात संक्रमित पाइएका ३३ जनामध्ये कसैको पनि स्वास्थ्य स्थिति गम्भीर छैन ।
स्वास्थ्य अधिकारीहरुले जहाजमा सामूहिक कोरोना भाइरस संक्रमित भेटिएपछि केन्द्र सरकारसंग मिलेर अरु फैलनन नदिन काम भरहेको छ । संक्रमितहरुको आइसोलेसनमा स्थानान्तरण गर्ने तथा स्वास्थ्य परीक्षण र जहाजलाई भाइरस मुक्त गर्ने काम भैरहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्