कर्पोरेट/पर्यटन

ऐतिहासिक धरहरा पुनःनिर्माण सम्पन्न- प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

२०७२ सालको भूकम्पबाट ध्वस्त भएको काठमाडौंको ऐतिहासिक धरहराको उद्घाटन भएको छ । शनिबार एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गर्नुभएको हो ।

उद्घाटन लगत्तै प्रधानमन्त्री धरहराको बालकोनीमा पुगेर काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्नुभएको थियो । धरहराको २० औं तलामा बालकोनी छ र त्यहाँसम्म पुग्न लिफ्टको व्यवस्था गरिएको छ ।

धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गर्नुभएको थियो ।

पुनःनिर्माण भएको धराहराको बाहिरी स्वरुप पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाई जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।

धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणको छ ।

धरहराको उदघाटन गरिए पनि पुनःनिर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।

खुल्यो धरहरा, यस्तो छ यसको इतिहास, विनाश र पुनःनिर्माण

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.