राजनीति

कोरोना भाइरस संक्रमित पूर्व राजा ज्ञानेन्द्र रानी र छोरीसहित अस्पताल भर्ना

भारतको हरिद्वारमा कुम्भ स्नान गरेर फर्केपछि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफ्नै निवासमा एकान्तबास गरिरहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

छोरी प्रेरणा शाहसहित उहाँहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को उपचारका लागि उहाँहरु भर्ना हुनुभएको हो ।

कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उहाँहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.