खेल

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकै खेलमा कुशल बने ‘प्लेयर अफ दी सिरिज’

नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा कीर्तिमानी उपाधी हात पार्नुमा डेब्यु प्लेयर कुशल भुर्तेलको नाम अग्रपंक्तिमा आउँछ । ५ खेलमा चार अद्र्धशतक बनाएका कुशल प्लेयर अफ दी सिरिज बनेका छन् ।

डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

टी २० अन्तर्राष्ट्रियमा यो उनको व्यक्तिगत उच्च स्कोर समेत हो । उनले ५ खेल खेल्दै कूल २७८ रन बनाए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.