अर्थ

१९ दिनका लागि एक खर्ब २० अर्ब रुपियाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकहरुमा रहेको अत्यधिक तरलतालाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले १९ दिनका लागि बजारबाट एक खर्ब २० अर्ब रुपियाँ बराबरको निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ ।

राष्ट्र बैंकले बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकताका आधारमा क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ ।

निक्षेप संकलनका लागि आज शुक्रबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुने भएको छ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ वैशाख ३० गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपियाँ र अधिकतम ५ करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.