अर्थसेयर बजार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा शुक्रबार झिनो अङ्कको सुधार देखिएको छ । शुक्रबार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ७८८ दशमलव ७० को बिन्दुका कायम भएको हो ।

यो शून्य दशमलव शून्य पाँच प्रतिशतको वृद्धि हो । विगत चार कारोबार दिनयता गिरावट आएको शेयर बजारमा शुक्रबार झिनो अङ्कको सुधार देखिएको हो ।

अघिल्लो दिन नेप्से परिसूचक दुई हजार ७८७ को बिन्दुमा पुग्दा रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ को कारोबार भएको थियो । शुक्रबार रु पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार ७२७ दशमलव ६४ को कारोबार भएको छ ।

शुक्रबार ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घट्नुका साथै १४ कम्पनी स्थिर रहेका छन् । शुक्रबार ३५१ कम्पनीको एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ७५ हजार २२९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार ७२७ दशमलव ६४ को कारोबार नेप्सेले जनाएको छ ।

शुक्रबार सबैभन्दा बढी अन्य समूहको परिसूचक एक दशमलव शून्य दुई प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स शून्य दशमलव ६२, निर्जीवन बिमा शून्य दशमलव शून्य छ, जीवन बिमा शून्य दशमलव २६, माइक्रोफाइनान्स शून्य दशमलव ३५ र लगानी शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।

व्यापार समूह शून्य दशमलव ५८, होटल तथा पर्यटन समूह शून्य दशमलव ३२, बैंकिङ शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव २२, हाइड्रोपावर शून्य दशमलव २५ र उत्पादन तथा प्रशोधन समूहको शेयर मूल्य शून्य दशमलव ६६ प्रतिशतले बढेको छ ।

शुक्रबार सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.