जन सरोकार

थापाथलीमा डोजर चल्यो, तीनकुने खाली हुँदै

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ । उता तीनकुने गौरीगाउँमा रहेका सुकुम्बासीहरुले भने आआफ्ना सामान आफैं सार्न सुरु गरेका छन् ।

शनिबारा विहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्तीहरू हटाउने क्रममा डोजर प्रयोग गरिएको हो । बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्दै आएका बासिन्दालाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ ।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

त्यस्तै तीनकुने गैरिगाउँस्थित बागमती किनारामा रहेका सुकुम्बासीले आज आफ्नो सरसामान सार्न थालेका छन् । काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथलीमा बस्ती हटाइसकेपछि आजै गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ ।

शनिबार झिसमिसेमै वर्षौदेखि बसोबार गर्दै आएका घरटहराबाट सुकुम्बासीहरु आफैँ बस्ती खाली गरिरहेका छन् । उनीहरुले आफ्नो सामान निकालेर हिँडेका छन् ।

सरकारले उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.