जल/वातावरण

उपत्यकाका सिडिओको बैठक बस्दै- निषेधाज्ञा घोषणा हुनसक्ने, सबै परीक्षा स्थगित

संघीय राजधानी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको संख्या मापदण्डभन्दा बढी भएपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । बैठकले सरकारले दिएको अधिकार अनुसार निषेधाज्ञाा लगाउने सम्भावना प्रवल रहेको छ ।

आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिश गरेअनुसार सो बैठक बस्न लागेको हो । उपत्यकाका तीनवटै जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन् ।

अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा कोरोनाभाइरस महामारीको अवस्था जटिल बन्दै गएको बताउँदै अब कडाइ गर्नुको विकल्प देखिएन, के गर्ने भन्नेबारे छलफल गर्ने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सीएमसीको सिफारिश अनुसार के गर्ने पहिले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर छलफल गर्ने र त्यसपछि निषेधाज्ञाबारे निर्णय हुने बताउनुभयो ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि स्थिति नियन्त्रणबाट बाहिर जानसक्ने देखिएकाले सोमबार छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो ।

यसै गरी सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोनाभाइरस ९कोभिड(१९० को बढ्दो संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला शहरहरूमा विद्यालय बन्द गरेको सरकारले चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै सीसीएमसीले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिश गरेको छ । ट्रान्जिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न सिफारिश भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.