जन सरोकार

सडक विस्तार गर्ने क्रममा सिरहामा व्यापारीको विरोध

सिरहा–माडर–चोहर्वा सडकखण्ड चार लेनमा विस्तार गर्न सिरहा नगरपालिकाले डोजर लगाई मापदण्डविपरीत सडकमा पर्ने अतिक्रमित संरचना हटाउन सुरु गरेपछि सिरहाका व्यापारी आन्दोलित भएका छन् ।

सडक विस्तारको विरोध गर्दै व्यापारीले सिरहा बजारमा टायर बाली प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य सङ्घ सिरहाका महासचिव सत्यनारायण महतोले सडक विस्तारको विरोधमा बजार बन्द गरी प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँले पटकपटक व्यापारीको उठीबास हुने गरी बजार विस्तार नगर्न आग्रह गर्दै वैकल्पिक सडक निर्माण गर्न माग गर्दै आएको बताउनुभयो ।

सिरहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष अमरनाथ साहले अर्थतन्त्र खस्किएको बेला सडक विस्तारको नाउँमा निर्मित संरचना भत्काउनुअगावै नगरपालिकाले विकल्प सोच्नु जरुरी भए पनि हचुवा तालमा सडक विस्तार भइरहेको बताउनुभयो ।

सिरहा नगरपालिकाले पटकपटक सडक खाली गराउन सूचना जारी गर्दा पनि व्यापारीले अटेरी गर्दै आएकाले कार्यपालिकाको निर्णयअनुसार सडक मापदण्डविपरीतका संरचना हटाउने काम भइरहेको नगर प्रमुख डा नवीनकुमार यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.