क्रिकेटखेल

मुम्बई आइपिएलको लिग चरणबाटै बाहिरियो, कोलकाता २४ रनले विजयी

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइटराइडर्ससँग २४ रनले पराजित हुँदै मुम्बई लिग चरणबाटै बाहिरिएको हो ।

मुम्बई आइपिएलको लिग चरणबाटै बाहिरियो

हारसँगै मुम्बई जारी संस्करण लिग चरणबाटै बाहिरिने पहिलो टोली बन्न पुगेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता १९.५ ओभरमा अलआउट हुँदै १ सय ६९ रनमा समेटिएको थियो । ५७ रनको स्कोरमा पाँच विकेट गुमाएको कोलकाताको पारी मनिष पाण्डे र वेंकटेश अय्यरले उकासेका थिए ।

यी दुईले छैटौं विकेटका लागि ६२ बलमा ८३ रनको साझेदारी गरेका थिए । बेंकटेस ७० रन र पाण्ड्याले ४२ रन बनाएका थिए । मुम्बईको लागि नुवान थुसरा र जसप्रित बुमराहले समान ३-३ विकेट लिँदा हार्दीक पाण्ड्याले २ र पियुष चावलाले १ विकेट लिए ।

कोलकाताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १ सय ४५ रनमा अलआउट भयो । मुम्बईका लागि सुर्यकुमार यादवले ५६ रन बनाए भने टिम डेभिडले २४ रन जोड्दा इशान किशनले १३ रन बनाए । त्यस्तै, रोहित शर्मा र नमन धीरले समान ११-११ रन जोडे ।

कोलकाताको लागि मिचेल स्टार्ककले ४ विकेट लिँदा वरुण चक्रवर्ती, सुनिल नारेन र आन्द्रे रसेलको नाममा २-२ विकेट रह्यो । आइपिएलमा आज रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स नेपाली समय अनुसार पौने आठ बजे बेङ्गलुरुमा भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.