जन सरोकार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नुवाकोट, ककनी गाउँपालिका-५ बस्ने ५८ वर्षीय भरत सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत नुवाकोटको २०७८ पुस २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले नुवाकोट ककनी गाउँपालिका-२ खानीखोलाबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.