भारतमा जारी १९औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । शनिबार भएको दिनको दोस्रो खेलमा हैदराबादले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।
राजस्थानको घरेलु मैदान जयपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । राजस्थानका लागि ओपनर वैभब सुर्यवंशीले ३७ बलमा ५ चौका र १२ छक्का प्रहार गर्दै १ सय ३ रनको शतकीय पारी खेले भने धुव्र जुरेलले ३५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ खेले ।
जुरेल र सुर्यवंशीले दोस्रो विकेटका लागि १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै डेनोभन फरेराले ३३ रन जोड्दा शिमरन हिटमायरले ११ र यशस्वी जैसवालले १० रन बनाए । हैदराबादका लागि इशान मालिङ्गाले दुई विकेट लिए भने तथा प्रफुल हिङ्गे, प्याट कमिंस, साकिब हुसैन र नितिश कुमार रेड्डीको भागमा समान एक-एक विकेट रह्यो । राजस्थानले दिएको २ सय २९ रनको लक्ष्य हैदराबादले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
हैदराबादको लागि इशान किसनले ३१ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै ७४ रनको अर्धशतकीय पारी खेले भने अभिषेक शर्माले २९ बलमा ११ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । इशान र अभिषेकले दोस्रो विकेटको लागि ५५ बलमा १ सय ३२ रनको शतकीय साझेदार गरेका थिए ।
यस्तै नितिश कुमार रेड्डीले १८ बलमा ३६ रन जोड्दा हेनरिक क्लासेन २९ रन जोडे । राजस्थानका लागि जोफ्रा आर्चर र ब्रिजेस शर्माले समान दुई-दुई विकेट लिए भने डेनोभन फरेराको भागमा एक विकेट रह्यो । जितसंगै हैदराबाद आठ खेलमा १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट १० अंक नै रहेको राजस्थान चौथो स्थानमा झरेको छ ।





प्रतिक्रिया राख्नुहोस्