जन सरोकार

राजधानी उपत्यका लामो समयसम्म ठप्प हुने

राजधानी काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले वैशाख १६ देखि २२ गते मध्यरातसम्म निषेधाज्ञाको घोषणा गरेको भए पनि सरकारले भने यसलाई वैशाख महिनाभर लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न र संक्रमितहरुलाई स्वस्थ हुन लाग्ने समय दुई हप्ता निषेधाज्ञा गर्नैपर्ने निष्कर्षसहित मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले १४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको बताउँदै काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने जानकारी दिनु भएको छ ।

मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार, पहाडी जिल्लामा दुई सय भन्दा बढी र शहरी जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउन सकिने निर्णय पनि गरेको छ । सो निर्णयअनुसार बाँके, बर्दिया, सुर्खेत, कास्की लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी भइसकेको छ ।

सम्बन्धित खबर

Back to top button