क्रिकेटखेल

वेस्टइन्डिज ‘ए’ द्वारा नेपाल सामू जितको लागि २०५ रनको लक्ष्य

वेस्टइन्डिज ‘ए’ ले नेपाल सामू जितको लागि २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेस्टइन्डिज 'ए'

वेस्टइन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रनको अर्धशतकीय पारी खेले भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८ रन जोड्दा आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

नेपालको लागि कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले समान १ -१ विकेट लिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.