क्रिकेटखेल

नियोजित तरिकाले भैरहेको षड्यन्त्र एकदिन उदांगिनेछ : पारस

नेपाली क्रिकेटका सबभन्दा सफल दुई पूर्व कप्तान पारस खड्का (हाल नेपाल क्रिकेट संघ, क्यान सचिव) र सन्दीप लामिछानेलाई जोडेर अनेक समाचार र टिप्पणी आएपछि खड्काले कानुनी उपचारको बाटो खोज्ने चेतावनी दिनुभएको छ ।

नाबालिकलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट भएको फैसलाबिरुद्ध उच्च अदालतमा दिएको पुनरावेदनको सुनुवाईमा ढिलाई गरिएपछि सचिव खड्कालाई यस विषयमा मुछेर समाचार तथा टिप्पणीहरु भैरहेका छन् ।

सन्दीपको मुद्दाको फैसला भएर उनी टी २० विश्वकपमा सहभागी हुन पाउने आशमा रहेका समर्थकहरु अदालतले मुद्दा नै हेर्न नभ्याइने सूचीमा राखेपछि यसमाथि गम्भीर षड्यन्त्र भएको आरोप लगाइरहेका छन् ।

खड्काले बुधबार साँझ सामाजिक सञ्जालमार्फत सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले लगाइरहेका आरोपको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

पारसको प्रतिक्रिया

“नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ।

नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतस् सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ।

यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथी भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चांडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।

अन्त्यमा नेपाली क्रिकेटप्रतिको मेरो निस्वार्थ भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत सम्पूर्णका विच संकल्प गर्दछु।”

गौशाला २६ संगको सम्बन्ध प्रमाणित भए, कैद होइन फाँसीमा चढाइयोस् : सन्दीप लामिछाने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.