गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई अविश्वासको प्रस्तावबाट हटाएर नेपाली कांग्रेसका सदस्यलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएका बेला बुधबार मतदानको संघारमा राष्ट्रिय जनमोर्चा नेपालका प्रदेश सदस्य गायब भएपछि प्रदेशसभा स्थगित गरियो ।

सांसद खिमविक्रम शाहीलाई कुनै अस्पतालको आईसीयूुमा भर्ना गरिएको भन्दैउनका स्व्किय सचिवले जानकारी दिएपछि यसबारेमा प्रमुख प्रतिपक्ष कांग्रेसले कडा आपत्ति व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्न गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत शर्माले स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी भन्दै प्रश्न गर्नुभएको छ ।
शर्माले कोरोनाको बिरामी आईसीयू बेड नभएर छटपटिइरहेका छन् तर सांसद शाहीको त कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ । तैपनि कसैलाई भेट्न नदिने गरी कोरोना संक्रमित भनेर आइसीयूमा राखिएको छ ।
प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतविभाजनको कार्यसूची थियो । त्यसमा एकजना सदस्य पनि अनुपस्थित भए वा फ्लोर क्रस गरेको अवस्थामा प्रदेश सभाको अंकगणितमा फरक पर्ने अवस्था थियो ।
जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो । यस्तो अवस्थामा उसका एक सांसद गायब भए । उनी हराएपछि सो दलले सांसद खोजी पाउँ भन्दै उनको अवस्था ज्ञात नहुँदासम्म प्रदेश सभा नचलाउन निवेदन दिएका थिए ।