राजनीति

बीपी, गणशमान र किसुनजी सम्झँदै सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार सिर्जना सिंहले बीपी, गणशमान र किसुनजी सम्झँदै को संकल्प पत्र सार्वजनिक गर्नुभएको छ ।

बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात सको सङ्कल्प व्यक्त गर्दै संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । आफू निर्वाचित भइसकेपछि सबैभन्दा पहिले भ्रष्टाचारमुक्त सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।

सिंहको संकल्पपत्रमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति, सम्पदा र सुरक्षा, सबल र समुन्नत पूर्वाधार र सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगर लगायतका मुख्य बुँदा रहेका छन् ।

संकल्पपत्र सार्वजनिक गर्दै सिंहले मेयर भनेको ठूलो पद हो भन्ने छ तर, सबैभन्दा पहिले सुशासनप्रति ध्यान दिइने प्रतिबद्धता जनाउँदै भन्नुभयो “उम्मेदवारी दिदै गर्दा बीपी, किसुनजी, गणेशमान सम्झन चाहन्छु । म गणेशमान र मङ्गलादेवीकी बुहारी हुँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.