जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

कालिकोट, भोजपुर, बाँके, कपिलवस्तु र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कालिकोट, शुभकालिका गाउँपालिका-२ छातीस्थित सडकमा क.प्र.०२००१ क ०१२९ नम्बरको स्काईभेटर सडकबाट करिब १ किलोमिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा स्काईभेटरका सहचालक सोही गाउँपालिका-१ छाती बस्ने २४ वर्षीय दल बहादुर रिजालको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्काईभेटर चालकलाई उपचारको लागि सुर्खेत पठाइएको छ ।

त्यस्तै भोजपुर, आमचोक गाउँपालिका-८ पारकवामा बांलखाबाट मैयुङटारतर्फ जाँदै गरेको को.१ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिका-१० बस्ने २७ वर्षीया रूना राईको घटनास्थलमै र गम्भीर घाइते भएकी सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने ३६ वर्षीया शान्ती राईको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै बाँके, खजुरा गाउँपालिका-७ सिमलघारीस्थित सडकमा लु.४ त ४५७५ नम्बरको ट्याक्टरले किचेर सोही ठाउँ बस्ने धिरेन्द्र शाहीकी छोरी ३ वर्षीया हिमान्सी शाहीको सोमबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता कपिलवस्तु, शिवराज नगरपालिका-५ संजिबनी चोकस्थित सडकमा रा.१ त ४५०९ नम्बरको ट्याक्टरमा रा.१ ह ६२९२ नम्बरको ई-रिक्सा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा ई-रिक्सामा सवार सोही नगरपालिका-५ कटेनी बस्ने भारत सिद्धार्थनगर थाना बडेनी-१० मालगोदाम रोड घर भएका ५० वर्षीय बजरंगी मोदनवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता सुनसरी, गढी गाउँपालिका-५ हलैया यादव टोलमा छिटाहाबाट ईनरूवातर्फ जाँदै गरेको मे.१ त २७९२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री ईनरूवा नगरपालिका-९ जमुवा बस्ने २५ वर्षीय उमेश सरदारको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.