राजनीति

इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीको जमानत जफ्त

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेपाली राजनीतिमा स्थापनाको छोटै समयमा चौथो ठूलो राजनीतिक दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफ्त भएको छ ।

अन्तिम मत परिणाम अनुसार रास्वपाका मिलन लिम्बुले १० प्रतिशत मत कटाउन नसकेपछि जमानत जफ्त भएको हो । लिम्बुले पाँच हजार ५० मत मात्रै पाउनुभएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पुर्याउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३ सय ७४ मतमध्ये ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । नौ सय दुई मत बदर भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.