चौधरी पक्राउको डा. राउतद्वारा भत्सना, पार्टी एकता स्थगित
पार्टी एकता घोषणास्थलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएपछि जनमत पार्टीले पहिचानवादी एक हुन नदिने षड्यन्त्रको रुपमा टिप्पणी गरेको छ ।
त्यस्तै सो पार्टीका अध्यक्ष सिके राउतले राउतले कार्यक्रम स्थलबाटै चौधरी पक्राउ गरिएको घटनाप्रति सामाजिक सञ्जालमार्फत घोर भर्त्सना गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौं ।’
चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । चौधरी पक्राउ परेसँगै वैशाख १७ गते बुधबारका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिनुभयो।

पार्टी एकता घोषणामा उपस्थित सहभागीहरुले रेशम चौधरीको रिहाइको माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
चौधरी परेपछि कार्यकर्ताहरू प्रज्ञा प्रतिष्ठान परिसरमै नाराबाजी गरिरहेका उनीहरुले त्यहीँ ‘नश्लवादी सरकार मुर्दावाद’का नारा लगाइरहेका छन् ।




प्रतिक्रिया राख्नुहोस्