राजनीति

चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत पक्राउ, थुनामुक्त गर्न अर्को पत्र

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भनी कारागारलाई लेखिएको पत्र आधिकारिक नभएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ ।

चौधरीलाई पक्राउ गर्न काटिएको पत्रका विषयमा प्रश्न उठेपछि सर्वोच्चले आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताउनुभयो ।

उहाँले मुद्दा विचाराधीन भएकै अवस्थामा पत्र जारी भएको देखिएकाले त्यो पत्र कार्यान्वयन नगर्नू भनी अर्को पत्र पठाइएको जानकारी दिनुभयो । चौधरीलाई सर्वोच्चको पछिल्लो पत्रका आधारमा थुनामुक्त गर्ने तयारी भैरहेको छ ।

आन्तरिक छानबिनपछि चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । विष्टलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । विष्टलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.