जन सरोकार

एसईई र कक्षा १२ को परीक्षा जेठको अन्तिम साता- ४५ दिनमा नतिजा सार्वजनिक गर्न बोर्डको सिफारिश

कोरोना भाइरस महामारीका कारण स्थगित भएको माध्यमिक तहको अन्तिम परीक्षा एसईई जेठको अन्तिम साता गर्न राष्ट्रिय परीक्षा बोर्डले सिफारिश गरेको छ । बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले २५ वैशाखपछि लकडाउनको मोडल फरक भए सो मितिमा परीक्षा गर्न सिफारिस गरेको हो ।

बिहिबार कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा सो सिफारिश गरिएको छ । प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गरी असार १५ सम्म सक्ने गरी परीक्षा गर्न सकिने उल्लेख छ । एसईईका साथै कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ ।

त्यसै गरी अब परीक्षा गर्दा परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलको सिफारिस छ । यसो गर्दा पनि हिमाली र पहाडी जिल्लाका कतिपय विद्यालयलाई परीक्षा केन्‍द्रको मान्यता दिइनेछ ।साथै परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.