सम्राट नारुहितोको एक वर्ष : कोरोना नियन्त्रणका लागि मिलेर काम गर्ने प्रतिबद्धता
जापानी सम्राट नाहितोले कोरोना भाइरस संक्रमणमाथि नियन्त्रण पाउन र अहिलेको स्थितिबाट बाहिर निस्कन सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ । सम्राटलगद्दी आरोहण गरेको एक वर्ष पुगेको अवसरमा सो कुरा बताउनुभएको हो ।
उहाँले राजगद्दी सम्हालेको शुक्रबार एक वर्ष पूरा भएको छ । गत वर्ष अक्टोबरमा राज्याभिषेक गरी सिंहासनमा बस्नुभएका सम्राटले देश र जनताको हितलाई केन्द्रबिन्द्मा राखेर जापानको राष्ट्रिय एकताको प्रतीकका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शपथ लिनुभएको थियो ।
वितेको एक वर्षमा साम्राट नारुहितोले सामम्राज्ञी मासाकोका साथमा गद्दी आरोहणको वार्षिक कार्यक्रममाा भाग लिन तीन प्रान्तको भ्रमण गर्नुभयो । यसअघि महासम्राट आकिहितो र महासाम्राज्ञी मिचिकोले पनि यस्तै कार्यक्रममा भाग लिनुभएको थियो ।
अघिल्लो वर्ष सम्राट दम्पत्तिले पूर्वी प्रान्त मियागी र फुकुसिमाको भ्रमण गर्नुभएको थियो । जहाँ चक्रवाती तुफान हगिविसबाट प्रभावित नागरिकसंग कुराकानी गर्नुभइको थियो । तर यस वर्ष कोरोना भाइरसको महामारीका कारण शाही दम्पत्तिले आफ्ना गतिविधिलाई कम गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्