जन सरोकार
ललितपुरमा डढेलो निभाउने क्रममा निधन भएका मृतकका परिवारलाई आर्थिक सहयोग
ललितपुर, गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।

डढेलो निभाउने क्रममा गोदावरी –४ बडीखेलका शङ्कर पहरी र रमेश पहरीको अकालमा निधन भएको थियो । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बुधबार बसेको नगरकार्यपालिका बैठकले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । गोदावरी–३ स्थित नौधारा उपभोक्ता समितिका अध्यक्ष मदन पन्थले डढेलो १२ वर्षपछि यस क्षेत्रमा लागेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्