जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सर्लाही र चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, बलरा नगरपालिका-९ अचलगढस्थित सडकमा भारतबाट गडहियातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट यमुनामाई गाउँपालिका-४ सरूअठा बस्ने ४० वर्षीया रिता देवीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै सर्लाही, मलंगवा नगरपालिका-१ भेडियाहीस्थित सडकमा बिआर ३० के ६६८८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-१ बस्ने ६५ वर्षीया मलकिनया देवीको बुधबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवन, रत्ननगर नगरपालिका-४ वडा कार्यालय नजिक सडकमा ना.२२ प ३४४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ बस्ने १८ वर्षीय सुमित महतो र २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.