क्रिकेटखेल

टी–२० र एकदिवसीय वरियतामा नेपालको सुधार

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो ।



नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसै गरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button