स्वास्थ्य
कोरोनाबाट मृत्यु हुने र संक्रमित हुनेको नयाँ रेकर्ड
सोमबार ३७ जनाको मृत्य, थपिए सात हजार चार सय ४८ संक्रमित
नेपालमा कारोना संक्रमण्बाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । सोमबार पछिल्ले २४ घण्टामा विभिन्न जिल्लामा ३७ जनाको मृत्य भएको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकैदिनमा थपिएका संक्रमितको हालसम्मकै सर्वाधिक हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा २ हजार ९ सय २२ रहेका छन् । जसमध्ये काठमाडौंमा २०२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ रहेका छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३ सय ८८ जना र ५ सय १८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया राख्नुहोस्