अर्थ

कोरोना रोकथामका लागि तीन अर्ब ४२ करोड रुपैयाँ रकमान्तर

मुलुकको स्वास्थ्य र सुरक्षा क्षेत्रमा विनियोजित रकम कोरोना भाइरसको महामारीका कारण अपुग भएपछि सरकारले कोरोना भाइरस संक्रमणको महामारी सुरु भएयता ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर गरेको छ ।

सोमबार संघीय संसद प्रतिनिधिसभाको अर्थ समितिमा अर्थमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिनुभएको हो उहाँका अनुसार रक्षा मन्त्रालयका लागि २ अर्ब ३४ करोड र स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ रकमान्तर गरिएको हो । ५० करोड रुपैयाँ भने सरकारले कोरोना रोकथामका लागि स्थापना गरेको कोसमा जम्मा गरिएको छ ।

मन्त्री डा. खतिवडाले कोरोनाका कारण राजश्वमा चाप परेको भन्दै यसबाट खर्चमा समेत प्रभाव पारेको जानकारी दिनुे भयो । उहाँले आगामी आर्थिक वर्षको बजेट कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई जोगाउने गरी निर्माण भइरहेको बताउँदै शिथिल बनेको अर्थतन्त्रलाई उकास्ने गरी आगामी आर्थिक वर्षको बजेट बनाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.