स्वास्थ्य
नेपाल प्रहरी अस्पतालमा दैनिक एक सय ४० सिलिण्डर अक्सिजन उत्पादन
कोरोना भाइरस संक्रमितका लागि अक्सिजन अति आवश्यक भैरहेका बेला नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा दैनिक ठूलो मात्रामा अक्सिजन उत्पादन थालिएको छ ।

प्रहरी अस्पतालमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको हो ।
उक्त सिस्टम युएनओपिएसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा संचालनमा ल्याइएको हो ।
प्रतिक्रिया राख्नुहोस्