एन आर एन न्युज

एनआरएनए जापानले बाँके जिल्लालाई पाँच लाख सहयोग गर्ने

कोरोनाबाट अति प्रभावित बाँके जिल्लालाई एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनएको ३ मे, २०२१ मा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बाँकेको भेरी अञ्चल अस्पतालमा कोभिड १९ संक्रमित अत्याधिक रहेको र धेरैको गम्भीर स्थिति रहेकाले सहयोग कहाँ र कसरी गर्ने भन्नेबारे सम्बधित अस्पताल र स्थानीय निकायसंग समन्वयको निम्ति एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीलाई जिम्मेवारी दिइएको छ ।

यसै गरी बाँके बर्दिया मैत्री समाजले पनि सहयोग अभियान संचालन गरिरहेकाले उक्त संस्थासंग समन्वय गरी सम्भव भए संयुक्त रुपमा सहयोग गर्नेवारेमा प्रवक्ता सिद्धार्थ श्रेष्ठलाइ जिम्मा दिने निर्णय गरेको छ ।

साथै बैठकले सुदुर पश्चिममा उपलब्ध गराउने ब्लड बैंक बसका लागि पनि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले एनसीसी जापानले कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार, मानार्थ सदस्य र क्षेत्रीय समितिलाई स्वेच्छिक सहयोगको लागि अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button