एन आर एन न्युज

विदेशममा रहेका कोरोना पीडित नेपालीलाई एनआरएनएबाट आर्थिक सहयोग

डलर

डलर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड– १९ पीडित देशमा आर्थिक सहयोग गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो ।

आर्थिक सहयोग पाउने देशमा बहराई, स्पेन, पोर्तुग र इटाली पाँचपाँच हजार तथा माल्टा तीन हजार अमेरिकी डलर रहेको एनआरएन, कोभिड–१९ उच्चस्तरीय समन्वय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

संस्थाले पहिलो चरणमा कुवेत, संयुक्त अरब इमिरेट्स, सउदी अरब र साइप्रसमा रहेका संस्थाका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।

संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७३ पुगेको एनआरएनले जनाएको छ । एनआरएन, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार २७ देशमा रहेका पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.