जापान

जापानमा बालबालिकाभन्दा वृद्धवृद्धाको संख्या दोब्बरभन्दा बढी

जापानमा विगत ४० वर्षयता लगातार बालबालिकाको संख्या घट्दै गएको । १२ करोडभन्दा बढी जनसंख्या रहेको जापानमा वृद्धवृद्धाको संख्या अत्यधिक रहेको छ । यहाँ डेढ करोडको हाराहारीमा बालबालिका रहँदा वृद्धवृद्धाको संख्या भने साढ तीन करोडभन्दा बढी छ ।

जापानमा सन् १९८२ देखि बालबालिकाको संख्या घट्दै गएको छ । अहिले १४ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या १ करोड ४९ लाख ३० हजार मात्र रहेको छ ।

जापानको गृह मन्त्रालयका अनुसार कायम रहेको बालबालिकामा ७६ लाख ५० हजार बालक र ७२ लाख ८० हजार बालिका रहेका छन् । यो संख्या कुल जनसंख्याको ११.९ प्रतिशत रहेको छ र यो अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो ।

जापानको बालबालिको संख्या ४ करोडभन्दा बढी जनसंख्या भएका देशमध्ये सबैभन्दा कम हो । अमेरिकामा सन् २०१८ मा यो आँकला १८.६ प्रतिशत थियो भने सोही वर्ष इटलीमा १३.३ प्रतिशत रहेको थियो ।

बालबालिको तुलनामा जापानमा ६५ वर्षभन्दा बढी उमेरका मानिसको संख्या साढे तीन करोडभन्दा बढी छ । जापानको कुल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.