जन सरोकार

सत्यतथ्यमा आधारित समाचार लेख्न मिर्चैया नगरपालिकाका प्रमुख यादवको आग्रह

सिरहा मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले आफूबारे गतल प्रचार भएको भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्नुभएको छ ।

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादव

प्रमुख यादवले शक्तिको दुरुपयोग गरी नगरपालिकाका स्थानीय पक्की घर तथा भवनमा डोजर चलाउन आदेश दिएको भनी सञ्चारमाध्यमले गलत प्रचार गरेको भन्दै आपत्तिसमेत जनाउनुभएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले नगरपालिकाको कानुनसम्मत् कदमलाई लिएर गलत समाचार प्रवाह गरिएको जनाउनुभएको हो ।

बुधवार स्थानीयले सो नगरपालिकामा पत्रकार सम्मेलन गरी व्यापारी र वडाबासीको वर्षौदेखि बसोबास रहँदै आएको मिर्चैयाको २ (क) को २५६ नम्बर र २ (ख) को ६० नम्बर जग्गामा बनेका पक्की घर र भवनमा डोजर चलाउन मेयर यादवले आदेश दिएको आरोप लगाएका थिए । उनीहरुले प्रमुख यादवले शक्तिको दुरुपयोग गरी गलत कदम चालेको र आफूहरुको उठिबास लगाएको आरोप लगाएका थिए ।

प्रमुख यादवले राज्यको स्वामित्वमा रहेको जग्गा व्यक्तिले प्रयोग गरेको ठाउँलाई खाली गराउनेबारे कानुनसम्मतरुपमा पहिलेदेखि नै प्रयास भइरहेको प्रस्ट पार्नुभयो । नगरपालिकाका निमत्त प्रमुख प्रशासकिय अधिकृत विजयकुमार महतोले नगरपालिका व्यवस्थापनका लागि आफू अगाडि बढेको उल्लेख गर्दै नगरपालिका कार्यालयमा विषयवस्तु राखेर छलफल गर्नुपर्ने र सो विषयबस्तुप्रति नगरपालिका गम्भिर भएको बताउनुभयो ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.